आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

चुनावपछि प्रचण्ड–माधव समुहलाई देशैभर बत्ति बालेर खोज्नुपर्छः सञ्चारमन्त्री पार्वत गुरुङ 

आईतवार १८ माघ, २०७७ विचारवाटिका 1794


चुनावपछि प्रचण्ड–माधव समुहलाई देशैभर बत्ति बालेर खोज्नुपर्छः सञ्चारमन्त्री पार्वत गुरुङ 

 

माघ १८, काठमाडौं । नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले    नेकपाबाट अलगिएर गएका प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपालाई चुनावपछि बत्ति बालेर खोज्नुपर्ने बताउनुभयो । 

‘चुनाव कँहीपनि जित्न सकिँदैन भनेर यो समुह डराइरहेको छ चुनावपछि प्रचण्ड–माधव समुहलाई देशैभर बत्ति बालेर खोज्नुपर्छ,’ मन्त्री गुरुङले भन्नुभयो, प्रधानमन्त्रीको समृद्ध नेपाल निर्माण योजना र राष्ट्रियताको अडान देखेर उहाँहरु अरुको इसारामा पार्टी नै छाडेर भाग्नुभयो, जनताले यो तथ्य बुझिसकेका छन् ।’ प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड र माधवले आफ्नो पदकै लागि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको तथ्य पनि उहाँले राख्नुभयो ।

 

उहाँले दोलखा जिल्लाका प्रत्येक विद्यालय, वडा र प्रत्येक घरमा इन्टरनेट पुर्याउने सरकारको योजना रहेको जानकारी दिदैं दोलखालाई स्मार्ट दोलखा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधानको रक्षाका लागि अब ताजा जनादेशमा जानु भन्दा अरु कुनै विकल्प नभएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि व्यापक तयारीमा लाग्न कार्यकर्तालाई अपिल गर्नुभयो । मन्त्री गुरुङले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा गरेको कामलाई जनतासम्म पुर्याउन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । 

 

समृद्ध नेपाल निर्माणका लागि स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनुपर्नेमा सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीले जोड दिनुभयो । 

उक्त कार्यक्रममा दोलखाका कम्युनिष्ट पार्टीका पुराना लोकप्रिय नेता जीतविर लामासहित धेरै जसो नेताहरुको सहभागिता रहेको थियो ।




मतहरू

Busingege

http://vskamagrav.com/ - kamagra 100 mg


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु