बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

अग्लेश्वरी माविको नवनिर्मित भवन हस्तान्तरण 

मंगलवार २ भाद्र, २०७७ विचारबाटिका 1635

दिमीपोखरी, रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं.२ दिमीपोखरीमा रहेको अग्लेश्वरी माविको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । साउन २६ गते विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच नवनिर्मित सो भवन हस्तान्तरण भएको निर्माण कार्यमा संलग्न ताराबहादुर ग्यापकले बताउनु भयो । पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भर्चुअल माध्यमबाट एक समारोहका बीच सो भवन विद्यालय व्यवस्थापन समितिमार्फत हस्तान्तरण गर्नुभएको हो । प्रमुख कार्यकारी अधिकृत विद्यालय भवन हस्तान्तरण गर्न पुग्ने अन्तिम तयारी भएपनि फैलदो कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट भवन हस्तान्तरण गरिएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पमा परी भौतिक संरचना ध्वस्त भएको सो भवन  गाउँपालिकाकै नमूना विद्यालय भवनका रुपमा निर्माण भएको छ । भुकम्पको कारण भत्किएको विद्यालयको पुननिर्माण भएपछि गाउँपालिकाभित्रकै नमूना विद्यालय भवन निर्माण भएको हो । आधुनिक र सुविधा सम्पन्न विद्यालय भवन निर्माण सम्पन्न भएसँगै निर्माण कम्पनीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने अवस्थामा पुगेको हो । 

उक्त विद्यालय प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सञ्चालित डिजास्टर रेजिलिएन्स अफ स्कुल्स प्रोजेक्ट (डिआरएसपी) आयोजना अन्तर्गत पुनःनिर्माण गरिएको हो ।

शर्मा÷खानी जेभीले ठेक्का पाएको उक्त विद्यालयको डिजाइन र सुपरभिजनको काम ईआरएमसी कन्सलटेन्टले गरेको थियो । ईआरएमसीका सञ्चालक उद्धब चौलागाईले निर्धारित मितिभन्दा अगाडि नै विद्यालयको निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनको बीचमा पनि काम रोकिएन, निकै राम्रो र आधुनिक विद्यालय बनेको छ ।’ उहाँले आधुनिक र व्यवस्थित भवन अपाङमैत्री रहेको समेत जानकारी दिनुभयो ।

२ वटा ३ तल्ले भवन बनाइएकोमा एउटामा १२ कोठा र अर्काेमा ९ कोठा रहेको छ । महिला, पुरुष र अपांगमैत्री गरी ३ छुट्टाछुट्टै सुविधा सम्पन्न शौचालय, सोलार सिस्टम सहित आधुनिक पूर्वाधारसहितको विद्यालय भवन निर्माण गरिएको छ । करिब ८ करोड २८ ला लागतमा निर्माण भएको विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहेको छ । विद्यालय भवन सुनापति गाउँपालिकभित्रकै सबैभन्दा अत्याधुनिक र सुविधासम्पन्न रहेको निर्माण कार्यमा संलग्न ग्यापकले बताउनु भयो । 
 




मतहरू

brxsrqdnnv

?????????? ?????? ????????? ??? ?????????? abrxsrqdnnv brxsrqdnnv http://www.geuq6e8lz7lz55079031d71juk51w2uqs.org/ [url=http://www.geuq6e8lz7lz55079031d71juk51w2uqs.org/]ubrxsrqdnnv[/url]

GScraper

GScraper

Aluminium Checkered Sheet 3003

Aluminium Checkered Sheet 3003

Colorful Marble Pattern

Colorful Marble Pattern

Chicken wire netting machine

Chicken wire netting machine

30000 Lumen Led High Bay

30000 Lumen Led High Bay

2mm Pvc Foam Board

2mm Pvc Foam Board

Best Quality Marble

Best Quality Marble

3D Carved Stone-Wall&Art

3D Carved Stone-Wall&Art

Chassis Section

Chassis Section


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु