बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

माधव नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

शनिबार ६ भाद्र, २०७७ विचारबाटिका 1519

भदौ ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालका कोरोना भाइरस संक्रमणको दर बढिरहेको बेला नेता नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुमा समेत कोरोना देखिएको हो । यसअघि नेकपाका अध्यक्ष, प्रचण्ड, सभामुख अग्नि सापकोटा लगायतका उच्च पदस्थ अधिकारीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता नेपालको पिएसओ र पछुवा गाडीको चालकसहित शसस्त्र प्रहरीका नौं जना सुरक्षाकर्मीहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपनि नेता नेपाल र उहाँको परिवारका सदस्यहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको नेता नेपालका स्वकिय सचिव मोहन गौतमले जानकारी दिनुभएको छ ।

नेता नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको स्वाव गत विहिबार संकलन गरिएको थियो । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट शुक्रबार राति आएको र संक्रमित सबै आइसोलेसनमा बसिसकेको बताइएको छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु