शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

अध्यक्ष केपी शर्मा ओली चितवनमा

बिहीबार ९ मंसिर, २०७८ विचारवाटिका 1975


अध्यक्ष केपी शर्मा ओली चितवनमा

 मंसिर ९, काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १० औं राष्ट्रिय महाधिवेशनका लागि आज चितवन पुगेका छन् ।

उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उनी साढे १ बजे भरतपुर विमानस्थलमा आइपुगेका हुन् ।

उनी भरतपुर पुगेपछि एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरिया अनुसार होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने बताएका छन् ।

उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ । ७ जनाले त्यसमाथि टिप्पणी गर्ने र अन्तिममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको कडरियाले बताए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु