बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

ओली र प्रचण्डबीच भेटवार्ता हुँदै कार्यदलको बुझाएको प्रतिवेदनबारे छलफल हुँदै

सोमबार ८ भाद्र, २०७७ विचारबाटिका 1357

भदौ ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईं अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता हुने भएको छ । आजै हुने तयारी रहेको सो भेटवार्तामा नेकपाभित्र देखिएको विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका विषयमा छलफल हुने तयारी भएको बताइएको छ । 

यसअघि नेकपा लामो समय आन्तरिक विवादमा रुमल्लिएको थियो । गत असार १० गतेदेखि जारी पार्टीको स्थायी कमिटि बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने माग राख्दै पार्टीका अर्का अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले राजीनामा मागेपछि नेकपाभित्र तीव्र विवाद देखिएको थियो । 

पार्टीभित्र तीव्र विवाद बढेसँगै पार्टी विभाजनकै बाटोमा पुग्ने अवस्थामा पुगेपछि महसचिव विष्णु पौडेलको संयोजकतत्वमा सदस्यहरुमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दश शर्मा र पम्फा भुसालसमेत ६ सदस्यीय विवाद समाधान कार्यदल बनेको थियो । सोही कार्यदलले दिएको सुझावका बारेमा आजको भेटमा दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता हुने तयारी भएको हो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु