बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

राजश्व उठाउने उद्देश्यसहित बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने

मंगलवार २३ भाद्र, २०७७ विचारबाटिका 1371

भदौ २३, काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेका कारण गत भदौ ३ गतेबाट निषेधाज्ञा जारी गरेको सरकारले सिमित मात्रामा वित्तिय संस्था सञ्चालनमा ल्याउन दिएको थियो । तर हरेक महिनाको २५ गतेसम्म कर बुझाउने म्याद रहेका कारण राजश्व उठाउने उद्देश्यका साथ आजबाट तीनदिन (बिहीबार) सम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा खुल्ला रहने भएका छन् । 

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै आजबाट ३ दिनसम्म बैंकका यी शाखाहरु खुल्ने भएका हुन् । 

यसअघि नै सरकारले भदौ २५ सम्म सबै करदाताहरुलाई तिरिसक्न निर्देशन दिएको थियो । तर व्यवसायीहरुले सरकारलाई कर तिर्ने समय बढाउन आग्रह गरेको छ । यद्यपि सो कुराको सुनुवाई नहुँदै २५ गतेभित्रै सबै करदाताहरुलाई राजश्व बुझाउन निर्देशन दिएको हो । त्यसका लागि कर संकलन गर्ने हरेक बैंकका शाखा र काउन्टरसमेत सञ्चालन गर्न भन्दै यसअघि नै निर्देशन दिइसकेको हो ।

कोरोनाका उच्च जोखिम रहेको र बैंकका सीमित शाखामात्रै खोल्दा भीड बढ्ने र संक्रमण फैलिनसक्ने डरकै कारण करदाताहरुलाई सहज र सरल रुपमा कर बुझाउन सजिलो होस् भन्ने उद्देश्यले सबै बैंकका शाखा र काउन्टरसमेत सञ्चालन गर्न निर्देशन जारी गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताउनु भएको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु