शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

चालु आर्थिक वर्षका दुई महिनामा पाँच करोड किलो चिनी आयात

आईतवार ११ आश्विन, २०७७ विचारवाटिका 1267

असोज, ११ काठमाडौं । चालु आर्थिक वर्षको साउन र भदौ गरी जम्मा दुई महिनामा भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ ।

गत वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएपछि परिमाणत्मक बन्देज गएको थियो ।  अन्तर्राष्ट्रिय भन्सार कारोबार संकेत (हार्मोनाईजेसन कोड) १७०११३९० र १७०११४९० मा शुद्ध चिनी आयात हुन्छ । 

भन्सारको आयात तथ्यांकअनुसार झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीहरुले चालु आवको दुई महिनामै भित्र्याएका छन् । नेपालमा वाषिर्क २२ करोड ६७ लाख किलो चिनी खपत हने अनुमान गरिन्छ ।

चिनी व्यापारीको भर परेर अर्थमन्त्रालयले समयमै सहुलियतको चिनी खरिद गर्ने सहमति नदिएको भएर अहिले सहुलियतको चिनीको हाहाकार मचिएको छ । नेपाली उत्पादकले उत्पादन गरेको र सहुलियतमा सरकारले वितरण गर्ने चिनीको मौज्दात रित्तिएसँगै चिनीको आयात बढेको हो ।

७२ रुपैयाँ किलोमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टट्रेडिङले बिक्री गर्ने चिनी सकिएपछि चिनीको खुद्रा मूल्य एक सय रुपैयाँ हाराहारी पुगेको छ ।

एक लाख ७० हजार मेट्रिकटन हाराहारी  चिनी नेपाली उत्पादकले वर्षिकरुपमा उत्पादन गर्ने गरेका छन् । साल्ट ट्रेडिङ र खाद्यले खरिद गर्ने सहुलियतको चिनी अझै आई सकेको छैन् ।

आयात बढेपनि चिनीको मूल्य नघटेकोले व्यापारीको नाफा बढेको छ भने अझ लामो समयलाई मौज्दात हुनेगरी चिनीको आयात हुँदा स्वदेशी चिनी नबिक्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु