मंगलवार १ असार, २०७८ (Tuesday June 15, 2021)

प्रचण्डसँग वामदेवको प्रस्तावःओलीलाई बिदा गरी नेकपाबाटै प्रधानमन्त्री चुनौ

बिहीबार १३ फाल्गुन, २०७७ bicharbatika 1344


प्रचण्डसँग वामदेवको प्रस्तावःओलीलाई बिदा गरी नेकपाबाटै प्रधानमन्त्री चुनौ


१३ फागुन, काठमाडौं । 
नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाई नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् ।  बिहीबारबिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् ।

गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएको मियाले बताएका छन । 
नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् । उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु