शनिबार १६ जेष्ठ, २०८३ (Saturday May 30, 2026)

ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएःभट्टराईलाई दिए जिम्मेवारी

शुक्रबार १४ फाल्गुन, २०७७ bicharbatika 2738


ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएःभट्टराईलाई दिए जिम्मेवारी

 

१४ फागुन, काठमाडौं । 
नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।

संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेपछि ओलीले गुरुङलाई हटाएका हुन् ।

नेकपाको प्रचण्ड–माधव समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएकाोथियो भने पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु