आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

केन्द्रीय सदस्य बुढाथोकीले दिए नगर प्रमुखलाई नौं बुँदे खुल्ला पत्र 

आईतवार ६ असार, २०७८ विचारवाटिका 2705


केन्द्रीय सदस्य बुढाथोकीले दिए नगर प्रमुखलाई नौं बुँदे खुल्ला पत्र 

असार ६, रामेछाप । अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य रामेछापका युवा नेता नेत्रबहादुर बुढाथोकीले मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतलाई नौं बुँदे खुल्ला पत्र लेखेका छन् ।

मन्थली नगरपालिकाले निति तथा कार्यक्रम र बजेटको तयारी गरिरहँदा निति तथा कार्यक्रममा समावेश गर्नु पर्ने बिषयमा सुझाव सहिद खुल्ला पत्र लेखेका छन् ।

नगर प्रमुखलाई लेखेको खुल्ला पत्र,

आदरणीय मेयरसाब रमेस कुमार बस्नेत ज्यु,

मन्थली नगरपालिका ,रामेछाप ।

यँहा मलाइ सन्चै छ । त्यँहा तपाइ लगायत नगरपालिका स-परिवारलाइ पनि आराम होला भन्ने कामना सहित भगवान पशुपतिनाथ संग प्रार्थना गरेको छु।

म धेरै भुमिका नबाधिकन यही असार १० गते नगरसभा हुने खबर पाएको र हजुरले पनि केही सल्लाह/सुझाव भए आजको दिनसम्ममा लिखित , मौखिक वा वेबसाईट मार्फत पठाउनु भनी फेसबुकमा स्टाट्स राख्नु भएको रहेछ । त्यसैकारण म यसै नगरपालिका वडा नम्बर -१० चनखु निवासी रहेको र हजुरको शुभचिन्तक पनि भएको कारण यसै पत्र मार्फत मलाइ ब्यक्तिगत र आम नगरबासी युवाहरुको मनमा लागेका २०७८/०७९ को बजेटबाट निम्न योजनाहरु पनि समावेश गरिदिनुभए आभारी हुने थिए भनी केही सुझाव बुदाँमा राखेको छु ।

१. युवाहरुलाइ स्टार्टअप बिजनेसका लागि बिनाधितो सहुलियत ब्याजदरमा उधमि कर्जा तथा आवस्यक तालिमको ब्यबस्था।(कम्तिमा १ वडा १० युवा समावेश हुने गरेर)

२. १ वडा १ उत्पादन तथा स्थानीय उत्पादित बस्तुको सन्कलन एवम बितरण केन्द्र तथा उचित मुल्यमा बजार ब्यबस्थापन जस्ता कार्यक्रम।

३. १ बिधालय १ उत्पादन, सर्टिफिकेट धितो राखेर उधमि कर्जा तथा उच्च शिक्षा अध्ययनका लागि कर्जा कार्यक्रम।

४. प्राकृतिक स्रोत र साधनको खोज, अनुसन्धान, संरक्षण तथा प्रबर्दन एवम १ वडा १ पर्यटन क्षेत्र ब्यबस्थापन कार्यक्रम ।

५. बेमौसमी तरकारी तथा फलफुल उत्पादनमा प्राथमिकता कार्यक्रम्।

६. स्वास्थ्य सस्थाहरुमा आवस्यक दक्ष जनशक्ति तथ भौतिक संरचना ब्यबस्थापन ।

७. खेल मैदान, शारिरिक ब्यायमशाला, पार्क आदिको ब्यबस्थापन।

८. नगरपालिका भित्र एक अनुसन्धान केन्द्र स्थापना।

९. सडक, पुल, बिधालय, स्वास्थ्य सस्थाको भवन, वडा कार्यलय, मठमन्दिर, पार्टीपौवा आदि जस्ता भौतिक संरचनामा दिगो बिकासको अवधारना अवलम्बन गरियोस ।( धेरै जसो बजेट क्षणिक राम्रो देखाउने हुदा बर्षाको पानीले बजेट बगाइरहेको उदाहरण प्रसस्तै भएको यहालाइ पनि जगजायर नै छ)

अन्तमा: हजुरले यस बर्षको बजेट गत बर्षहरुको तुलनामा उत्कृष्ट तरिकाले विनियोजन गरि नगरपालिकालाई सुखी र समृद्ध पार्न अगाडि बढ्नुहुनेछ र मेरो सुझावलाई पनि मध्येनजरमा राख्दै बजेट मार्फत समावेश गराउनुहुनेछ भनी आशा र बिस्वासको साथ यहालाइ हार्दिक शुभकामना ज्ञापन गर्दै यो पत्रलाई यहीँ बिट मार्न चाहन्छु ।

उहीँ तपाईंको शुभचिन्तक

नेत्र बहादुर बुढाथोकी

अनेरास्ववियु केन्दृय कमिटी सदस्य




मतहरू

SfPrPqWOp

The clip of Jenner wearing a sequined green top and dancing to Lady Marmalade originated from a YouTube video posted on MsKendallandKylie, a now inactive YouTube channel owned by two of Jenner s daughters, Kendall and Kylie Jenner, which the sisters posted homemade music videos on in the early 2010s, according to Teen Vogue what does generic viagra look like


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु