शुक्रबार ६ चैत्र, २०७७
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को प्रिमियर बिहिबारबाट आयोजना गरिएको छ । यो शोको पहिलो भाग काठमाडौंको छाया सेन्टरमा देखाइएको थियो । प्रिमियरमा अडिसनबाट उत्कृष्ट २४ मा पर्न सफल प्रतिस्पर्धीहरु पनि सहभागी थिए ।
आज बेलुकी ९ बजे प्रशारण हुने शोमा दर्शकले निर्णायक मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुति हेर्न पाउनेछन् । त्यसैगरी उत्कृष्ट २४ मा परेका प्रतिस्पर्धीमध्येबाट ४ जनाको प्रस्तुती पनि दर्शकले हेर्न पाउनेछन् । विक्की अग्रवाल, कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालको प्रस्तुती आज प्रशारण हुने शोमा देखिनेछ ।
यो शोको अडिसन फागुन २१ बाट प्रशारण भएको थियो । यो वर्ष शोका लागि ६ हजार भन्दा धेरैको आवेदन परेको बताइएको छ । जसमध्ये १ सय २० जनाले फिजिकल अडिसन दिएका थिए ।
हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र निर्देशक प्रदिप भट्टराई निर्णायकको रुपमा शोमा रहनेछन् ।
विशाल भण्डारीले निर्देशन गरेको यो शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे छन् ।
यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।
fovrCCoIG
propecia hair loss Although very similar to our findings for the low and intermediate risk groups, the 10 year risk for the NSABP B 14 high risk group was higher than ours