आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

आईतवार ३ आश्विन, २०७८ विचारवाटिका 1947


पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

असोज ३, काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट भरतमणि पौडेलले पाएको भन्दै भोटको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । 


यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । 


भरतमणिले  पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । 


सोही प्रस्तुतिका करण भरतमणि  ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए । 

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो। हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए । 

सो अवसरमा आचार्यले कमेडी च्याम्पियन हास्यब्यङ्ग्यको क्षेत्रका लागि राम्रो प्लेटफर्म भएको बताए । कार्यक्रमले देशलाई संसारसँग जोडेको पनि उनले धारणा राखे ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु