शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

कृषि परियोजनाको लागी विश्व बैंकद्वारा नेपाललाई दियो ९ अर्ब 

बिहीबार १३ कार्तिक, २०७७ विचारवाटिका 1263

 

कार्तिक १३, काठमाडौं । नेपालको कृषि क्षेत्रको विकास र कोभिड महामारीको आर्थिक प्रभाव न्युनीकरण गर्ने उद्देश्यले नेपालका लागि विश्व बैंकले करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको छ । कृषि उपजका लागि ग्रामिण बजार सम्पर्क मजबुत गराउने उद्देश्य राखेको छ ।  

यो परियोजनाले कोभिडले निम्त्याएको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने र स्थानीय तहमा रोजगारी सिर्जना हुने विश्व बैंक समूहको विश्वास रहेको छ । विषेशगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।
समूहले आज उक्त परियोजना स्वीकृत गरेको नेपालस्थित कार्यालयले जानकारी गराएको छ । विश्व बैंकका माल्दिभ्स, श्रीलंका र नेपालका लागि कन्ट्री म्यानेजर फारिस हदाद जर्वोसले यो परियोजना कृषिमा नेपाल ब्राण्ड स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

उनको भनाइ अनुसार नेपालले बढी सम्भावना बोकेका जडिबुटी, चिया, कफी तथा फलफुललाई बजारिकरण गर्न सहयोग पुग्ने छ । 
 
यो परियोजना ५ प्रदेशमा केन्द्रित हुने विश्व बैंकले बताएको छ । प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिने भएको छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु