बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

६ वर्षीय स्टेसीले हात पारिन् खुल्ला मगर एकल अनलाईन नृत्य प्रतियोगिताको प्रथम पुरस्कार 

आईतवार २२ चैत्र, २०७७ विचारवाटिका 2174


६ वर्षीय स्टेसीले हात पारिन् खुल्ला मगर एकल अनलाईन नृत्य प्रतियोगिताको प्रथम पुरस्कार 

चैत २२, काठमाडौं । गोर्खा घर भई हाल चितवन बस्दै आएकी ६ वर्षीय स्टेसी आले मगरले अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाईन नृत्य प्रतियोगिताको उपाधी हात पारेकी छिन् । 

७ चैतबाट सुरु भएको यो प्रतियोगितामा स्टेसीको अभिनयसहितको नृत्यले दर्शकको मन जितेको हो ।

मगर परिवार नेपाल (एमपीएन) ले आयोजना गरेको प्रतियागितामा भोजपुरकी कृषा राना मगर द्वितीय,  बाग्लुङकी शिवानी थापा मगर तृतीय र म्याग्दीकी शिक्षा गर्बुजा मगरले सान्त्वना पुरस्कार हात पारेका छन् ।

४९ जना प्रतियोगिहरु प्रतियोगितामा सहभागी भएको आयोजनकले जनाएको छ । फेसबुक लाईक बाट ४० अंक र निर्णायकहरूको मुल्यांकनबाट ६० अंक प्रतियोगिहरुलाई दिइएको थियो । फेसबुक र जुम लाईभबाट नतिजा सार्वजनिक गरिएको हो । 

मगर परिवार नेपालले ‘मगरहरूको कला र प्रतिभालाई प्रोत्साहन गर्ने, भेषभुषा, भाषा, संस्कार, सांस्कृति, संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने उद्देश्यले एकल मगर अनलाईन नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख नगद र सम्मानपत्र, दोस्रो हुनेलाई ५० हजार र सम्मानपत्र, तृतीय हुनेलाई ३० हजार र सम्मानपत्र तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई  २० हजार र सम्मानपत्र प्रदान गरिएको छ ।
 




मतहरू

cialis online purchase

Sublingual Viagra 150 Mg

plaquenil and pregnancy

cialis 8 cpr

gabapentin 200mg

Acheter Du Cialis Au Canada

hydroxychloroquine for sale walgreens

Helthy Man

dresque

zpack for sale

Purfpourl

Rx Express Online brand levitra canada


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु