शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेकोः स्वास्थ्यमन्त्री त्रिपाठी

मंगलवार २४ चैत्र, २०७७ विचारवाटिका 1185


सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेकोः स्वास्थ्यमन्त्री त्रिपाठी

चैत २४, काठमाडौं । कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।  

काठमाडौंमा मंगलबार आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरे । 

सामाजिक जनजीवन र अर्थतन्त्रमा लकडाउनले दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

उनले भने, ‘हामी यो चाहँदैनौं कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउन भन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदम चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ ।’ 

कोभिड–१९को नयाँ लहर छिमेकी मुलुकमा आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको मन्त्री त्रिपाठीले बताए । साथै सीमा नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि त्रिपाठीले आग्रह गरेका छन् ।

चीन सरकारबाट अनुदानमा आएको कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबार शुरु हुने पनि उनले जानकारी दिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु