आईतवार २९ चैत्र, २०७७
चैत २९, काठमाडौं । नेपाल सरकारका मानव अधिकार आयोगमा कार्यरत सह–सचिव रामेछाप १ गोठगाउँ निवासी नवराज सापकोटाले गोठगाउँ सरोकार समाजद्धारा आयोजित नववर्ष २०७८को शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रममा प्रमुख अतिथ्यता ग्रहण गर्दै गोठगाउँले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सह–सचिव सापकोटाले भन्नुभयो, प्रमुख अतिथि भएर अन्य ठाउँमा धेरैचोटी गएता पनि आफ्नै जन्मभुमि गोठगाउँको कार्यक्रममा भने आफू पहिलो चोटी प्रमुख अतिथि बनेर उपस्थित हुन पाएको, आफू भन्दा अग्रज व्यक्तिहरुको अगाडी प्रमुख अतिथिको रुपमा उपस्थितहुन केही असजिलो भए पनि सरोकार समाजका अध्यक्षको निमन्त्रणालाई अस्विकार पनि गर्न नसकेको कुरा सुनाउँदै आउँदो दिनमा गोठगाउकोँ, सरोकार समाजको हरेक कार्यक्रममा जानकारी गर्नु भयो भने समयले साथ दिएसम्म उपस्थित जनाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजसेवी तथा संचारकर्मी श्रीहरी श्रेष्ठ, समाजसेवी तथा युवा नेता रत्न बहादुर कार्की, ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष ठाकुरदास श्रेष्ठ लगाायतका व्यक्तिहरु अतिथि रहेको कार्यक्रममा गोठगाउँ सरोकार समाजका संचालक, सल्लाहकार, आजिवन सदस्य, साधारण सदस्यहरु लगायत गोठगाउँ–गोठपानीका व्यक्तिहरको उपस्थित रहेको थियो ।

सरोकार समाजका अध्यक्ष संजय कुमार थापाको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सरोकारका सचिव मिन बहादुर श्रेष्ठले गरेका थिए ।




तस्बिरः खिल बहादुर श्रेष्ठ
estuack
tab ivermectin 3mg Levitra Fiale