आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

सेयर बजारमा नयाँ रेकड

सोमबार ३० चैत्र, २०७७ विचारवाटिका 1673


सेयर बजारमा नयाँ रेकड

चैत ३०, काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । तर कम्पनीहरुको सेयर मूल्य भने बढ्न सकेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् ।

आइतबार नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २ हजार ६ सय ९१ दशमलव ५५ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो । समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । 

लघुवित्त समूह सोमबार सबैभन्दा धेरै बढ्नेमा देखिएको छ । कारोबार रकम तथा कारोबार संख्याका आधारमा हेर्दा पनि लघुवित्त संस्थाहरु नै अगाडि देखिएका छन् । यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ । 

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि करिब सर्किट लेभलमा नै कारोबार भएको छ ।

पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुको पुँजी वृद्धिको बहस सुरु भएको छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले पाँच गुणासम्म पुँजी वृद्धि भए पनि केही आपत्ति नहुने बताएका छन् । पुँजी वृद्धिको विषयमा संघको धारणा समेत राष्ट्र बैंकमा बुझाइसकेको उनले बताएका छन् । 
 




मतहरू

appenderb

Cialis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु