शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

काठमाडौँमा अत्याधिक चिसो, क्रमशः तापक्रम घट्दै

बिहीबार ४ मंसिर, २०७७ विचारवाटिका 1190

 

मंसिर ४, काठमाडौँ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो ।

देशभर चिसो बढ्दै जाने क्रममा रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । “तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ”, मौसमविद् अर्यालले भने ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ । मौसमविद्का अनुसार पानी प¥यो भने अझै जाडो बढ्छ । तर अहिले तत्कालका लागी भने सम्भावना नभएको मौसमविदहरुले बताएका छन् । 

आगामी २४ घण्टाका लागि जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराईका भूभागमा बिहान दृश्यको प्रष्टतामा कमी भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री र अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस छ । त्यसैगरी आज सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस छ र सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री रहेको छ ।  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु