बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने

मंगलवार २८ बैशाख, २०७८ विचारवाटिका 1928


उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने

वैशाख २८, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निणर्य गरेको  छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘आम नागरिकले भौतिक दूरी कायम गरेर किनमेल गर्ने गरी विहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने निणर्य भएको छ ।’ 

यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । तर मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भने जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेकोछ ।

निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु