शुक्रबार १२ भाद्र, २०८३ (Friday August 28, 2026)

अक्सिजन व्यवस्थापनबारे आज थप छलफल गरिँदै

आईतवार २ जेष्ठ, २०७८ विचारवाटिका 2596


अक्सिजन व्यवस्थापनबारे आज थप छलफल गरिँदै

जेठ २, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारेमा छलफल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । 

मन्त्रालयका अधिकारी र नेपाल आयल निगमका अधिकारीहरुलाई समेत साथमा लिएर आएका मन्त्री भट्टलाई शनिबार दिउँसो पुनले पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएको जानकारी दिए । शनिबारको बैठकमा कुनै निश्कर्ष ननिस्किएको भन्दै थप छलफल गरेर अहिलेको संकट व्यवस्थापनको समाधान खोज्ने विषयमा छलफल भएको पुनले बताए ।

पुनले भने, ‘शनिबार यस विषयमा सामान्य छलफल भयो, उहाँले अहिलेको संकटमा अक्सिजनको माग कसरी पूरा गर्न सकिन्छ ? भनेर सोध्नुभयो, मैले पनि पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएँ ।’ उनले भने, ‘आइतबार मन्त्रालयमा नै यसबारेमा छलफल गर्ने कार्यतालिका तय भएको छ ।’

केन्द्रले ट्रमा सेन्टरलाई गत बिहीबार १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु