शुक्रबार २५ श्रावण, २०८१
श्रावण २५ काठमाडौं , आज श्रावण शुक्ल पक्षकाे पञ्चमी तिथि अर्थात नाग पञ्चमी घरकाे मुल ढाेकामाथि नागकाे फाेटाे टासी पुजा गरि मनाउने गर्दछ ।
नाग पञ्चमीकाे दिन नागकाे फाेटाे घरकाे मुल ढाेका माथि टासी दहि, दूध ,फुल अक्षता दुवाेले पुजा गरेमा बर्षभरि उक्त घरपरिवारकाे सदस्यहरू लाई नाग देवताले रक्षा गर्ने जनविश्वास छ , ज्याेतिष शास्त्रअनुसार भूमिमा नाग देवताले बसाेबास गर्ने भूमि खन्दा नागदेवतालाई कष्ट हुने भएकाेले पञ्चमीमा भूमिमा हलाे जाेत्नु घरकाे जग खन्नु शुभ मानिदैन ।
प्रत्येक घरकाे जगमुनि नागलेवताले बास गरेकाे हुन्छ भन्ने धार्मिक विश्वासले पनि नाग देवतालाई खुसि पार्न आजकाे दिन नागकाे फाेटाे टासी पुजा आजा गर्ने परम्परा चलिआएकाे छ ।