बुधबार ६ जेष्ठ, २०८३ (Wednesday May 20, 2026)

आज महाअष्टमीमा महागाैरीकाे विशेष विधिपूर्वक पूजा आराधना गरिदैं ।

मंगलवार १४ आश्विन, २०८२ Bichar Batika 1323


आज महाअष्टमीमा महागाैरीकाे विशेष विधिपूर्वक पूजा आराधना गरिदैं ।

असाेज १४ काठमाडौं , आज नवरात्रकाे आठौं दिन 
नवरात्रकाे नौ दिनसम्म शक्तिको प्रतीक देवीकाे विभिन्न रूपहरूको पूजा गरिने प्रचलनअनुसार आज महाअष्टमीका अवसरमा महागाैरी देवीकाे विशेष विधिपूर्वक पूजा आराधना गरिदैं छ।
दशैंका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ, यी नै रूपलाई संयुक्त रूपमा नवदुर्गा  भनिन्छ ।

नवरात्रको अवसरमा देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको भीड देखिएको छ।
फूलपातीदेखि दशैंको सांस्कृतिक र धार्मिक गतिविधि औपचारिक रूपमा चहलपहलसहित सुरु हुने परम्परा रहिआएको छ ,वैदिक सनातन परम्पराअनुसार नवरात्रमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास रहेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाका नौ रूपको पूजा गरिन्छ र विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद लगाइने प्रचलन छ, यसरी दशैंको उत्सव १५ दिनसम्म मनाइन्छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु