शनिबार २२ जेष्ठ, २०७८
जेठ २२ ललितपुर । "नयाँ सोच र सिर्जना प्राकृतिक प्राणालीको पुनस्थापना", भन्ने मुल नाराको साथ विश्व वातावरण दिवस २०७८ को अवसरमा नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाईरसको माहामारीले अस्पतालमा रगतको अभावभै बिरामीहरूले रगत नपाएर अकालमा ज्यान गुमाई रहेको वेला केही मात्रमा भएपनि सहयोग पुर्याउन सकियोस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी जावलाखेल उपशाखा ललितपुर ४ स्वास्थ्य कार्यालय ललितपुर , गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा ललितपुर , वातावरण संरक्षण गैसस महासंघ (NGOFEC) , नेपाल फोहर मैला व्यवस्थापन संघ नेपाल (SWMAN), परिवर्तन सेवा प्रा.ली. चाबहिल ,ग्रीन सिटी सेनिटेसन प्रा.ली. बालाजु र परिचित बचत तथा ऋण सहकारी संस्था लि. कुसुन्तीको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमका अध्यक्ष भुपाल आचार्यले बताउनु भयो ।
रक्तदान कार्यक्रममा संस्थाका व्यवस्थापकहरू, सबै शाखामा कार्यरत कर्मचारीहरू , सुरक्षाकर्मी समेत गरि जम्मा ७० जनाले रक्तदान गरेको थियो ।




तस्बिरः मिन श्रेष्ठ
eoBzPE
buy cialis Moreover, sucroferric oxyhydroxide had a lower pill burden than did sevelamer