सोमबार १८ जेष्ठ, २०८३ (Monday June 01, 2026)

बागमतीमा ५७ अर्ब ७२ करोड ९ लाखको बजेट  

मंगलवार १ असार, २०७८ विचारवाटिका 2453


बागमतीमा ५७ अर्ब ७२ करोड ९ लाखको बजेट  

असार १, मकवानपुर । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गरेको छ ।

मंगलबार भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आवका लागि चालुतर्फ कुल बजेटको ४५ प्रतिशत अर्थात् २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ ५१ प्रतिशत अर्थात् २९ अर्ब ७० करोड ४३ लाख र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको बजेट प्रदेश सभाको बैठकमा पेस गरेका हुन् ।

५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको आगामी आव २०७८/०७९ का लागि अनुमानित आय-व्यय विवरणको रुपमा बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएका खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्त १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्ति १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त रहने अनुमान गरिएको छ ।

प्रदेश सरकारले बजेटमा १ सय १९ स्थानीय तहका लागि समपूरक अनुदानतर्फ २ अर्ब ९२ करोड, सशर्त अनुदानतर्फ २ अर्ब ६६ करोड, वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ७० करोड र विशेष अनुदानतर्फ ४२ करोड विनियोजन गरेको छ ।

 

Details budget link click  here...

 

https://bicharbatika.com/files/shares/60c8b22cc8fa2.pdf

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु