बुधबार २ भाद्र, २०७८
भदौ २, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट फागुन मसान्तसम्म खर्च गरी सक्ने बताएको छ ।
१६ वटै वडाका जनप्रतिनिधि, वडा सचिव र विषयगत शाखाका प्रमुखसँग छलफल गरिसकेको नगरपालिकाले भदौबाटै सबै बजेटलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताएका छन् । ‘बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्ययोजना समेत निर्माण गरिसकिएको छ,’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार उपभोक्ता समितिमार्फत गर्ने कामका लागि भदौबाटै समितिलाई प्रशिक्षणविनै काममा लगाउने निर्देशन दिइएको छ ।
त्यस्तै भौतिक पूर्वाधार निर्माणतर्फका योजनाका लागि पनि भदौबाटै टेण्डर, स्टिमेट गर्ने र असोजबाट कार्यान्वयन गर्ने गरी कार्ययोजाना बनाइएको छ । ‘फागुन मसान्तसम्म पालिकाको बजेट कार्यान्वयन गछौं, त्यसपछिको समयमा संघ र प्रदेशबाट आउने रकमलाई कार्यान्वयन गर्छौं,’ प्रमुख प्रशासकीय अधिकृत ढकालले भने ।