मंगलवार ११ कार्तिक, २०८३
कार्तिक १०, रामेछाप । रामेछाप जिल्ला रामेछाप नगरपालिका–१, गोठगाउँ–गोठपानी निवासी ५६ वर्षीय नेपे गोतामे सम्पर्क बिहिन छन्।
काले सार्कीका नाति तथा नरबहादुर सार्कीका छोरा गोतामे यही कार्तिक ३ गतेदेखि आफ्नै निवास गोठगाउँ–गोठपानीबाट सम्पर्क बिहिन भएकाे हाे , उनी हराएदेखि हालसम्म कुनै खबर प्राप्त नभएको परिवारले जनाएको छ।
परिवारले गोतामेलाई देख्नुहुने वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावलाई उनका छोरा भुवनकुमार आच्छामी वा बुहारी रामकुमारी आच्छामीलाई सम्पर्क गरिदिन अनुरोध गरेको छ।
गोतामेबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ।
सम्पर्क विवरण:
छोरा भुवनकुमार आच्छामी: ९७६३४०१७६०
बुहारी रामकुमारी आच्छामी: ९८४९५३७७४१
हराएका गोतामेको खोजी कार्यमा सहयोग गरिदिन परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ।
