शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

जेठ २४ गते प्रदेश १ को बजेट अधिवेशनको सिफारिस

बिहीबार २० जेष्ठ, २०७८ विचारवाटिका 2510


जेठ २४ गते प्रदेश १ को बजेट अधिवेशनको सिफारिस

जेठ २०, विराटनगर । जेठ २४ गते प्रदेश १ सरकारले बजेट अधिवेशन आह्वान गर्ने निणर्य गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निणर्य गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताएका छन् ।

उनका अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।

समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले कोरोना महामारीलाई कारण देखाउँदै आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निणर्य यसअघि गरेको थियो । यसअघि कार्यविधिमा उल्लेख भएको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु