शुक्रबार १६ चैत्र, २०८० (Friday March 29, 2024)

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

बुधबार १ मंसिर, २०७८ विचारवाटिका 1761


प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

मंसिर १, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत पाएका छन् । 
आज भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राईले पक्षमा ५० र विपक्षमा २९ मत पाएका हुन् ।
राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।

आजको भएकोे मतदानमा कुल ७९ जना उपस्थित भएका थिए ।

मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा (एकीकृत) समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु