आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

एक महिनाका लागि डोटीमा थपियो निषेधाज्ञा

मंगलवार १ भाद्र, २०७८ विचारवाटिका 2456


एक महिनाका लागि डोटीमा थपियो निषेधाज्ञा

भदौ १, डोटी जिल्लामा एक महिना निषेधाज्ञा थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र मात्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोल्न पाइने लगायतका विभिन्न निर्णय गरिएको डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।


निषेधाज्ञाको समयमा अनावश्यक हिंडडुल, भिडभाड गर्न नपाइने, कुनै प्रकारका भेला जात्रा महोत्सव, सभा, सम्मेलन, तालिम गोष्ठी, खेलकुद आदि सञ्चालन गर्न नपाइने, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र ट्यूसन कक्षा भौतिक रुपमा सञ्चालन गर्न नपाइने निमित्त प्रमुख जिल्ला अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

निमित्त प्रजिअ जोशीले कोरोना भाइरस संक्रमण बढिरहेको समयमा यसबाट सुरक्षित रहन निषेधाज्ञानै सबैभन्दा उत्तम विकल्प रहेको बताइन् ।
यो नवौं पटक थपिएको निषेधाज्ञा हो ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु