मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

बुधबार २० आश्विन, २०७८ विचारवाटिका 1666


मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

असोज २०, प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतले आज विश्वासको मत लिने भएका छन् ।

संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने भएकोले आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार रहेकाले मुख्यमन्त्रीले सहजै विश्वसाको मत पाउने अवस्था रहेको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत लिन प्रदेश सभामा कायम सदस्य संख्याको ५० प्रतिशत अर्थात् ५३ मत आवश्यक छ । १०४ प्रदेश सभा सदस्य रहेको प्रदेशसभामा सत्तारूढ जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन्।

१३ जना प्रदेशसभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी पार्टी)ले समेत सरकारको समर्थन गर्ने भएको छ । सरकारमा जाने तरखरमा रहेको एकीकृत समाजवादीले सरकारको पक्षमा उभिने दलका नेता शत्रुधन महतोले बताए। यसरी ७९ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री राउत दुई तिहाई सांसदको समर्थनसहित शक्तिशाली मुख्यमन्त्री बन्ने सम्भावना छ।

साथै प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीका १६ र नेकपा एमालेका ८ जना प्रदेशसभा सदस्य रहेका छन्। तीमध्ये लोसपा र एमालेले मात्र अविश्वास प्रस्तावको पक्षमा रहने जनाएको छ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु