आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

आईतवार १९ बैशाख, २०७८ विचारवाटिका 2583


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पुष्टि गरे ।

आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यसले गर्दा लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । 

आज दिउँसो १ बजे उनीविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु