शनिबार २३ आश्विन, २०७८
असोज २३, रामेछाप । गोठगाउँ सरोकार समाजले बडा दशै २०७८ को शुभ अवसर पारी यहि असोज २७ गते बुधबार र २८ गते बिहिवार वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम गर्न गहिरहेको छ ।
गोठगाउँ सरोकार समाजले सामाजिक संजाल बाट खेलको जानकारी गराउदै असोज २२गते शुक्रबार देखि असोज २७ गते बुधबार बिहान सम्म आ–आफ्नो टिम दर्ता गर्न सक्ने र टिम दर्ता शुल्क रू १०००!– (एक हजार )दस्तुर अनिवार्य बुझाउनु पर्ने साथै टिम दर्ता फोन बाट समेत गराउन सकिने जानकारी सरोकार समाजका सहसचिव ,युवा तथा खेलकुद उपसमिति संयोजक कुमार श्रेष्ठ विचार वाटिकालाई जानकारी गराए ।
संयोजक श्रेष्ठले यदि फोन बाट टिम दर्ता गर्नु परेमा कुमार श्रेष्ठ ः– ९८४०१३९९२३,संजय कुमार थापा ः–९८५११३६६३८, दिल बहादुर श्रेष्ठ ः–९८५११०२८११ र मीन बहादुर श्रेष्ठ ः– ९८४१७३२५३०मा फोन गरेर।समेत आफ्नो टिम दर्ता गर्न सकिने जानकारी गराय।
सरोकार समाजका अध्यक्ष संजय कुमार थापाले दिएको जानकारी अनुसार प्रतियोगितामा सहभागी टिम मध्य प्रथम हुन सफल टिमलाई रू २००००!– (बीस हजार) नगद पुरस्कार सहित टफिक र जनही मेडल,द्वितीय हुन सफल टिमलाई रू १५०००!– (पन्द्र हजार) नगद पुरस्कार सहित टफिक र जनही मेडल, तेस्रो हुन सफल टिमलाई रू १००००!– नगद पुरस्कार सहित टफिक र जनही मेडल र चौंथो अर्थात सान्त्वना टिमलाई रू५०००!– (पाँच हजार ) नगद पुरस्कार वितरण गर्ने भएको छ।
असोज २७ गते भलिबल प्रतियोगिता हुने २७ गतेनै फाईनल खेल खेलाउन समय अभाव भएमा २८ गते बिहान फाईनल खेल खेलाउने र विविध सांस्कृतिक कार्यक्रम सहित विजयी खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रम रामेछाप न.पा.१ गोठगाउँ –गोठपानीको ठूलो हुने समेत अध्यक्ष थापाले विचार वाटिकालाई जानकारी गराय।
यसै सुचनालाई आधारमानी गोठगाउँ –गोठपानीका खेलाडी हरूलाई आ–आफ्नो टिम तयारी गर्न, सबै कलाकार हरूलाई आफ्नो प्रस्तुति तयार गर्न र सम्पूर्ण वडा बासि तथा छिमेकी वडा वासिलाई हरूलाई भलिबल खेल र सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा र संयोजक श्रेष्ठले आग्रह समेत गर्नु भएको छ।