बुधबार १३ जेष्ठ, २०८३ (Wednesday May 27, 2026)

मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

सोमबार २२ कार्तिक, २०७८ विचारवाटिका 2271


मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

कात्तिक २२, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । 
प्रदेशसभामा रहेका सबै दल (नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टी)लाई आग्रह गरेका छन । 
उनले भने ‘मलाई विश्वासको मत दिएर हौसला प्रदान गर्नुहुन्छ भन्ने अपेक्षा छ’ ।

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको मुख्यमन्त्री पाण्डेले बताए । त्यस्तै बागमती प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु