आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

अदालत परिसरभित्र कानुन व्यवसायीहरुको प्रदर्शन

बिहीबार २५ कार्तिक, २०७८ विचारवाटिका 2016


अदालत परिसरभित्र कानुन व्यवसायीहरुको प्रदर्शन

कात्तिक २५, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीहरुले गरिरहेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले आफनो बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ ।

कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले माइक राख्न दिएन तर प्रदर्शनमा सहभागीहरुले आफ्नो अडान कायम राखे । उनीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनाइ राखे । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।

वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।

प्रहरी र वकिलबीच धकेलाधकेल भइरहेको बेला केही न्यायाधीशहरुले केहीबेर बालकोनीबाट हेरेका थिए । सर्वोच्चका अदालतका कर्मचारीहरु भने बालकोनीमै रहेर सो दृष्य नियालीरहेका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु