आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

सुन–चाँदीको मूल्यमा  गिरावट

सोमबार २९ कार्तिक, २०७८ विचारवाटिका 1184


सुन–चाँदीको मूल्यमा  गिरावट

कात्तिक २९, काठमाडौं । सुन–चाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले सस्तो भएको बताएका छन् ।

हिजो ९४ हजार ६ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । सोमबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबार भइरहेको छ । आइतबार तोलामा १,२९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १,२८० रुपैयाँ कायम भएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु