सोमबार ६ असार, २०७९
असार ६ काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।
हिजो बसको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।
हवाई इन्धनमा आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ