सोमबार ६ मंसिर, २०७८
मंसिर ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उदयपुर जिल्लाको वडाध्यक्षमा २१ वर्षीय प्रवेश खड्का निर्वाचित भएका छन् । खड्का उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडानम्बर ६ को वडाअध्यक्ष बनेका हुन् ।
तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि उनी २० वर्ष हुदैँ वडाध्यक्षमा चयन भएका थिए ।
माओवादी केन्द्रले मंसिर ४ मा देशभर एक साथ वडा अधिवेशन सम्पन्न गरेको थियो । सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ ।