शनिबार ३ पुष, २०७८
पुस ३ काठमाडौं ,हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रानीपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त साधारणसभा बाट बासुदेव घिमिरे पुन चार वर्षको लागि अध्यक्षमा सर्वसहमत निर्वाचित हुनुभएको छ।
आज सम्पन्न भएको संयुक्त साधारणसभाले अध्यक्षमा घिमिरे सहिद देवी खड्का उपाध्यक्ष ,सागर प्रसाद बख्रेल सचिव ,अर्जुन कार्की कोषाध्यक्ष,किरण मोक्ताण,सुमन विक्रम थापा ,ऋषिराम गतौला,द्वरिकाप्रसाद खतिवडा ,बिष्णु बहादुर राउत सञ्चालक समिति सदस्य तथा केशव प्रसाद श्रेष्ठको संयोजकत्वमा अंग बहादुर खड्का र नवीन कुमार तण्डुकार सदस्य रहेको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्व (सहमत निर्वाचित भएको थियो ।
निर्वाचित पदाधिकारी सञ्चालक समिति सदस्य तथा लेखा सुपरिवेक्षण समिति संयोजक र सदस्य हरूले आजै निर्वाचन मण्डलका संयोजक राजकुमार गिरी मार्फत सफत लिई आ(आफ्नो कार्यभार सम्हालनु भएको छ।