आईतवार १५ फाल्गुन, २०७८
फागुन १५ रामेछाप ,नेवा देय दवू जिल्ला कार्यसमिति रामेछापको दोस्रो जिल्ला अधिवेशन बाट सर्व सहमत गोपाल श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ।
नेवा देय दवू अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा तथा नेवा देय दवू केन्द्रीय अध्यक्ष नरेश ताम्राकारको प्रमुख आतिथ्यमा आयोजना गरिएको अधिवेशनमा विशिष्ट अतिथिमा मन्थली नगरपालिकाको प्रमुख रमेश बस्नेत उपस्थित हुनुभएको थियो भने देय दवूको केन्द्रीय सदस्य श्यामकृष्ण श्रेष्ठ ,निर्मला श्रेष्ठ ,घनश्याम श्रेष्ठ ,प्रदेश कमिटी सदस्यहरू चन्द्र मानन्धर ,तिलक श्रेष्ठ ,देय द्बु सिन्धसली जिल्ला कार्यसमितिको अध्यक्ष राजकुमार श्रेष्ठ लगायत कार्यक्रममा अतिथि रहनु भएको थियो ।
दोस्रो अधिवेशनले निवर्तमान पदाधिकारी तथा सदस्यहरूलाई स–सम्मान बिदाइ गर्दै श्रेष्ठको नेतृत्वमा २३ सदस्य जिल्ला कार्यसमिति सर्व सहमत निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको नेवा देय दवू बागमती प्रदेश कमिटी सदस्य चन्द्र मानन्धरले विचार वाटिकालाइ जानकारी गराउनु भयो ।
तस्बिर :- जमुना श्रेष्ठ