मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

सार्वजनिक यातायातको भाडा समन्वय गर्नुपर्ने महासंघको माग

आईतवार २९ फाल्गुन, २०७८ विचारवाटिका 1750


सार्वजनिक यातायातको भाडा समन्वय गर्नुपर्ने महासंघको माग

फागुन २९ काठमाडौं , नेपाल यातायात व्यवसायी महासंघले सार्वजनिक यातायातको भाडा समन्वय गर्नुपर्ने माग गरेको छ ।

इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिका बाबजुद सरकारले भाडा समन्वयमा बेवास्ता गरेको महासंघले आज पत्रकार सम्मेलन गरी बताएका छन् । इन्धनको मूल्य अत्यधिक बढेपछि यातायात व्यवसायीले भाडा वृद्धि गर्नुपर्ने माग गर्न बाध्यता भएको महासंघको भनाइ छ । 
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पछिल्लो समय इन्धनमा भएको मूल्य वृद्धिको विरोध गर्दै आगामी चैत ७ गतेसम्म भाडा समायोजन नभएमा बाध्य भई वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी महासंघले नै भाडा समायोजन गर्ने बताए ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु