बिहीबार १६ असार, २०७९ (Thursday June 30, 2022)

देवताल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी 

शनिबार ७ जेष्ठ, २०७९ विचारवाटिका 1097


देवताल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी 

जेष्ठ ७ ,  बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टी(जसपना) विजयी भएको छ । अध्यक्षमा जसपाको उदयप्रसाद यादव विजयी भएका छन् भने उपाध्यक्षमा सीतापती देवी यादव विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंह भन्दा उदयले ६०१ मत बढी पाएका छन् ।

उदयले चार हजार १७६ मत पाएर निर्वाचित हुँदा चन्दनले तीन हजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय देवतालले जनाएको छ ।

उपाध्यक्षमा जसपाकै सीतापती देवी यादव ४२०५ मत ल्याएर विजयी भएकी छन् । निकतम प्रतिस्पर्धी लोसपाको रामपति देवीले ३०७६ मत पाएकी छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु