सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

मंसिर सात काे जागरण सभाकाे तयारी पूरा भयाे :- अध्यक्ष ढुङ्गेल।

बुधबार ५ मंसिर, २०८१ Bichar Batika 1719


मंसिर सात काे जागरण सभाकाे तयारी पूरा भयाे :- अध्यक्ष ढुङ्गेल।

मंसिर ५ काठमाडौं , नेकपा ( एमाले) ले मंसिर सात गते काठमाडौंमा आयाेजना गर्न गहिरहेकाे वृहत् जागरण सभाकाे तयारी पूरा भएकाे नेकपा ( एमाले )काे बागमती प्रदेश कमिटी अध्यक्ष तथा जागरण समाका सह संयाेजक कैलाश प्रसाद ढुङ्गेलले जानकारी गराउनु भयाे ।
 काठमाडौ ,भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयाेजनामा हुन गहिरहेकाे जागरण सभा यस अघि भृकुटीमण्डपमा गरिने तयारी गरियता पनि आयाेजक उपत्यकाको तीन जिल्ला तथा काठमाडौंमा रहेकाे विभिन्न जिल्ला सम्पर्क मञ्चका नेता कार्यकर्ता ,शुभेच्छुकहरूकाे व्यापक उपस्थिति हुने देखिएकाेले भृकुटीमण्डपमा स्थान साँघुरो हुने भएर दरबारमार्ग स्थान परिवर्तन गरिएकाे ढुङ्गेलले जानकारी गराउनु भयाे ।


 जागरण सभाका सह संयाेजक ढुङ्गेलले अहिले  सरकार र एमाले पार्टी विरूद्व याेजनाबद्व रूपले उठाइएको अराजकता ,अनुशासनहीनता ,अराजनीतिक गतिविधिलाई चिर्न याे जागरण सभा गर्न लागिएको बगाउनु हुँदै , फ्रेग न्युज लेख्नेदेखि लिएर कानुन ,अदालत ,सरकार केही नमान्ने नारा जुलुस गर्ने गतिविधि गलत हाे भन्ने कुरा जनतासमक्ष पुर्याउने उद्देश्यले जागरण सभाकाे आयाेजना गर्न गहिरकेकाे समेत जानकारी गराउनु भयाे ।
  सह संयाेजक ढुङ्गेलले दिनुभएको जानकारी अनुसार पूर्वनिर्धारित कार्यक्रम जागरण सभा शुरू हुनु पूर्व मंसिर  गते बिहान ११.०० बजे भद्रकाली बाट र्याली शुरूभई सुन्धारा ,आर एन एसी, वीर अस्पताल , रत्नपार्क  घण्टाघर हुँदै सभा स्थल दरबारमार्गमा पुगि सभामा परिणत हुने कार्यक्रम रहेकाे छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु