शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

श्री श्री जानकी माता नेपाली धार्मिक संघको कोलकातामा आफ्नै फलाटमा नयाँ कार्यलय उद्धाटन 

मंगलवार १४ भाद्र, २०७९ विचारवाटिका 2925


श्री श्री जानकी माता नेपाली धार्मिक संघको कोलकातामा आफ्नै फलाटमा नयाँ कार्यलय उद्धाटन 

  भदौ १४ कोलकाता, श्री श्री जानकी माता नेपाली धार्मिक संघले कोलकातामा आफ्नै फलाट खरिद गरी नयाँ कार्यालय उद्धाटन गरेको छ।

  यस अघि भाडामा बस्दै आएको कार्यालय यहि भदौ १२ गते आईतवार देखि भव्य उद्धाटन कार्यक्रमको आयोजना गरि आफ्नै फाइटमा सरेको श्री श्री जानकी माता नेपाली धार्मिक संघको  अध्यक्ष गुन्जदास श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयो ।


   कार्यालय उद्धाटन नेपाली महा वाणिज्य दुत इश्वराज पौडेलले रिबन काटेर गर्नु भएको थियो ,उद्धाटन कार्यक्रममा पौडेल लगायत महा वाणिज्य दुत भुपु विद्यान सभा विधायीका स्मिता बक्शी जे.आई.एस युनिवर्सिटीका प्रमुख प्रोफेसर डा. स्वदेश रन्जन समान्त, बरानगर नगरपालिका स्वास्थ्य बिभाग प्रमुख डा. सैकतराज चौधरी ,कनसुलर डोना बर्नाजी कनसुलर रामकृष्ण पाल,संयुक्त नेपाली केन्द्रीय सेवा संघका सभापति बद्री विक्रम थापा,भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका महासचिव नर विक्रम थापा,पूर्ण बिष्ट ,प्रेम तामाङ ,श्री श्री जानकी माता नेपाली महिला कल्याणकारी कोष कोलकाताको उपाध्यक्ष विन्दा श्रेष्ठ ,प्रमुख सल्लाहकार सर्मिला पाण्डे ,सचिव रमिता सिंह कार्की ,कल्पना क्षेत्री ,पद्मा गुरूङ,गायत्री खड्का ,रूपा पाण्डे ,हेमा श्रेष्ठ ,देवी भुसाल,आशा क्षेत्री ,पन्डित हेमराज शिक्देल,कार्यकर्ता अनील पाण्डे ,दिलिप श्रेष्ठ ,धन बहादुर भुसाल ,दिपक खड्का ,हित बहादुर खड्का ,जगत थापा ,जगत श्रेष्ठ ,सिनियर प्रत्रकार अर्जुन निरा‌ैला,श्रीमती निरौला,चन्द्रबहादुर श्रेष्ठ ,साहित्यकार सन्जिव गुरूङ ,रामप्रसाद उपाध्याय (वराल) अर्जुन सिंह ,पार्वती सिंह,डम्वर बहादुर श्रेष्ठ ,गिता श्रेष्ठ ,सीता पाण्डे ,गिता कोइराला, लगायत विभिन्न संघ संस्थाको पदाधिकारीहरू ,बुद्धिजीवीहरूको उपस्थितिमा कार्यालय  उद्धाटन सगै नारी हरूको महान पर्व हरितालीका तिजको उपलक्ष्यमा दर खानुको साथै दिन भर सांस्कृतिक कार्यक्रम गरि मनोरञ्जन गरेको थियो , कार्यक्रमलाई बिष्णु बस्यालले सञ्चालन गरेको थियो।

 

श्री श्री जानकी माता नेपाली धार्मिक संघले पहिले देखिनै सामाजिक कार्य गर्दै आउनुको साथै आपत बिपतमा परेको नेपालीहरूलाइ कोलकातामा लगायत नेपालमा आर्थिक सहयोग गर्दै आउनुको साथै अब नयाँ फलाइटमा अफिसियल कामकाज गर्नुको साथै सिपमुलक तालिम सञ्चालन ,हप्ताको एकचोटी निशुल्क स्वास्थ्य शिविर राख्नुको साथै ,नेपाल बाट कोलकाता आएर अप्ठ्यारोमा परेको नेपालीहरूलाई बस्ने खाने सम्पूर्ण  ब्यस्था समेत गर्ने सोच रहेको र संघको वार्षिक कार्यक्रम अन्तरगत १८ सेक्टेम्वर २०२२ (असोज २ गते आइतबार ) संघले रक्तदान कार्यक्रम गर्न गहिरहेको  समेत संघको अध्यक्ष श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयो।

तस्बिर:गुन्जदास श्रेष्ठ




मतहरू

Fqnriafs

generic cialis from india Letrozole is absorbed rapidly after oral intake and secreted by the kidneys with a half life of 45 h


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु