बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

६० जिल्लामा समानुपातिक तर्फको मतपत्र पठायो, ९ जिल्लामा तिहारपछि मात्र

शनिबार ५ कार्तिक, २०७९ विचारवाटिका 1965


६० जिल्लामा समानुपातिक तर्फको मतपत्र पठायो, ९ जिल्लामा तिहारपछि मात्र

कात्तिक ५ काठमाडौं, यहि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ ।

 तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने निर्वाचन आयोगले जनाएको छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी गरिनेछ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार हालसम्म प्रतिनिधिसभातर्फ जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोल्पा, प्यूठान, दाङ, रुकुमपूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया, नवलपरासी पश्चिमलगायत जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।




मतहरू

Damian

Have you ever earned $765 just within 5 minutes? trade binary options

E-SABONG

Excellent to the point article and news.. Well appreciated, My sites: Online Sabong in Philippines


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु