आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

एमाले महाधिवेशन :४३ जिल्लामा महाधिवेशन प्रतिनिधि निर्विरोध 

आईतवार २८ कार्तिक, २०७८ विचारवाटिका 1149


एमाले महाधिवेशन :४३ जिल्लामा महाधिवेशन प्रतिनिधि निर्विरोध 

कात्तिक २८, काठमाडौं । नेकपा (एमाले) महाधिवेशन प्रतिनिधिको लागि ४३ जिल्ला निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया भने अझै सकिएको छैन ।

शनिबार सम्म देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची भएपनि ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, अरुतिर चयन हुन बाँकी छ’, तामाङले भने ।

अझै पनि कतिपय जिल्लामा प्रतिनिधि चयन गर्ने प्रयत्न भइरहेको उनले बताए । निर्विरोध हुन नसकेका जिल्लाहरुमा चुनावको प्रक्रिया अगाडि बढेको छ । निर्वाचनको माध्यमबाट प्रतिनिधि चयन भएको विवरण आउन बाँकी रहेको पनि तामाङले बताए ।

मंसिर १०–१२ गते हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले १,९९९ प्रतिनिधि चयन गर्दैछ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास लगायतलाई क्लस्टर बनाएर एमालेले प्रतिनिधि चयन गर्दैछ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु