मंगलवार १९ भाद्र, २०८०
भदौ १८ काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । मानव अधिकार आयोगको निमन्त्रणमा ओलीले अभिलेख केन्द्रको अवलोकन भ्रमण गरेको जनाइएको छ ।
भ्रमण गर्ने क्रममा देशको मानव अधिकारको अवस्था तथा आयोगले गरेका कार्यहरुका बारेमा आफ्नो धारणा राखेको आयोगले बताएको छ । आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलका अनुसार, अभिलेखालयमा आयोगले स्थापना भएयता गरेका कामहरुको विवरण राखिएको छ ।
‘द्वन्द्वकालमा आयोगले कसरी काम ग¥यो, कस्तो सिफारिस गरेको थियो, लगायतका सबै विवरण आयोगले राखेको छ’, टीकाराम पोखरेलले भने, ‘यो सबै दलका प्रतिनिधिहरुलाई देखाउने हाम्रो योजना छ ।’ सुरुमा अरु दलका नेताहरुसँग पनि पहल गरिए पनि ओलीको पहिले समय मिलेर अवलोकन भ्रमण गराइएको उनले बताएका छन् ।