मंगलवार १४ कार्तिक, २०८०
कात्तिक १४, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउँदैछन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी जान लागेका हुन् ।
महासचिव गुटेरेस मंगलबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकोप्टरमा बहान ८ : ५० बजे लुम्बिनी पुग्ने बताएका छन् । हेलिकप्टरमा लुम्बिनी पुगेपछि गुटेरेसलाई गाडीमा शान्ति दीपमा लगिनेछ । मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।