बिहीबार १० फाल्गुन, २०८० (Thursday February 22, 2024)

बीएडको विकल्पमा नयाँ कोर्ष

शुक्रबार ६ पुष, २०८० विचारवाटिका 1161


बीएडको विकल्पमा नयाँ कोर्ष

 पुस काठमाडौं, त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ  कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको छ ।

त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा ल्याएको सेमेष्टर प्रणालीमा आधारित अधिस्नातक तह (पी.जी.डी एजुकेशन) कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको हो । कार्यालयले अधिस्नातक कोर्ष तीन सेमेष्टरको हुने बताएको छ ।

 अधिस्नातक कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ क्याम्पसमा १४ वटा विषय पढाई हुनेछ । जुनसुकै विषय लिई स्नातक गरेका उत्तीर्ण विद्यार्थीले अधिस्नातक कार्यक्रममा भर्ना हुन पाउने डीन कार्यालय जनाएको छ ।

शैक्षिक सत्र २०८०/८१ बाट शुरु हुन लागेको अधिस्नातक प्रथम सेमिस्टरमा भर्नाका लागि ६ पुसदेखि ११ माघसम्म आवेदन दिन सक्नेछन् । कार्यालयले १४ माघमा प्रवेश परीक्षा सञ्चालन हुने र २१ माघबाट कक्षा सञ्चालन हुनेछ ।




मतहरू

69b6efq2y

cialis from usa pharmacy they said canada pharmacy for viagra online pharmacy without prescription


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु