शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

साउन १५ मा खिर खाने परम्परा कसरी सुरू भयाे ..?

मंगलवार १५ श्रावण, २०८१ विचारवाटिका 1787


साउन १५ मा खिर खाने परम्परा कसरी सुरू भयाे ..?

श्रवण   १५ काठमाडौं , आज श्रवण ( साउन) १५ गते नेपाली परम्परा अनुसार असार १५ मा दहिचिउरा र साउन १५ मा खिर खाने परम्परा छ ।
 प्राचीन कालदेखिकै नेपाली समाजमा दहिचिउरा र खिर खाने चलन चलिरहेको बताउँछन् जानेका बुझेकाहरू , साउने झरिकाे बेलामा दुधमा मरमसला लगायत चिजबिज हालेर बनाईएकाे ताताे - ताताे खिरले मानिसको स्वास्थ्यलाई धेरै राम्रो हुने भएकाेले पनि साउन १५ मा खिर खाने परम्परा बसेकाे विश्वास गर्न सकिन्छ ।


साउन महिनालाई भगवान शिवकाे महिना पनि भनिन्छ ,शिवलाई दूध र दुधमा बनेकाे परिकार मनपर्ने भएकाेले खिर लगायत मिठाइँ विधिपूर्वक चठाइन्छ,त्यसैले गर्दा पनि साउनकाे मध्य पारि खिर खाने प्रचलन चलेकाे हुन सक्ने धर्मशास्त्रविद् एवम्  नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउछन् ।
 ऋषिमुनिकाे पालादेखिनै श्रद्वलगाएत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात खिर खुवाउने चलन थियाे , खिर  ठाउँ अनुसार चामल ,सावधाना,मकै सेवाई ,गाजर लगायतको बनाउने गरिन्छ ।
 नेपाली बृहत शब्दकोषले दुधमा पकाइएकाे भात ,दुधमा चामल ,चिनि , मसला आदि हाली पकाएकाे स्वादिष्ट खाद्य पदार्थ ,पायस , तस्मैभनि खिरलाई परिभाषित गरिएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु