बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

आज हरितालिका तिज पशुपतिनाथ लगायत सबै शिवालयमा ब्रतालुहरूकाे भिडभाड ।

शुक्रबार २१ भाद्र, २०८१ डिवि श्रेष्ठ 1549


आज हरितालिका तिज पशुपतिनाथ लगायत सबै शिवालयमा ब्रतालुहरूकाे भिडभाड ।

भदौ २१ काठमाडौं , भाद्र शुक्ल पक्ष तृतीय तिथि हरितालिका तिज आज पशुपतिनाथ लगाएत देश भरीकाे सबै शिवालयहरूमा बिहानै देखि ब्रतालुहरूकाे भिडभाड लाग्ने गर्दछ।


पशुपतिनाथमा दर्शन गर्न आउने भक्तजनहरूले सहजै दर्शन गर्न सकाेश भन्ने उद्देश्यले आज बिहानै देखि पशुपतिनाथ मन्दिरको पनि  चारै ढाेका खुल्ला गरिएकाे हुन्छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीकाे ईच्छा विपरीत विष्णुशीत  विवाह गरिदिन लागेकाे थाहा पाएपछि  पार्वतीले भागेर एकान्तमा बसि भाद्र शुक्ल तृतीयकाे दिन महादेव स्वामी पाउँ भनी नीराहार ब्रत बसी महादेव स्वामी पाएकाेले आजकाे दिन ब्रत बस्दा मनाेकामना पूरा हुने विश्वासको सात आजकाे दिन तिजकाे ब्रत बस्ने प्रचलन शुरू भएकाे धर्मशात्रीहरू बताउने गर्दैछ ।


आज दिन विवाहित नारीहरूले  आफ्नाे श्रीमानकाे सु- स्वास्थ्य तथा दिर्घायुकाे कामना गर्दै र विवाह नहुने नारीहरूले आफ्नाे मनकाे इच्छा पूरा हाेस भनी दिन भर नाच्ने गाउने चलन छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु